आमा कविता
आमा
आमा
आमा तिमी स्वर्गकी परी हौ
आमा तिमी संसारकी ज्योति हौ
आमा तिमी घामकी किरण हौ
आमा तिमी यस धर्तीकी जन्मदाता हौ।
आमा मलाई जन्म दिई
सारा संसार देखायौं
म जस्तो अपाङ्गलाई
आफ्नो सन्तान बनायौ।
आमा मलाई भोक लाग्दा तिमि लाई थाहा हुन्थ्यो
आफुले नखाई भए पनि मलाई खान दिन्थ्यौ
म पीडा मा हुँदा तिम्रो मन पोल्थ्यो
मेराे पीडा काम गर्न तिमी मेरो नजिक आउठेयौं।
आमा मलाई पढायौ लेखायौ
मलाई दुनियादारी गर्न सिकायौं
आफ्नो पसिना र रगत एक गरी
मलाई धर्ती को बोझ हुनबाट बचायौँ।
Nice!!
ReplyDeleteThank you
Delete