इन्टरनेट कविता

   खै कस्ताे यो आशा (इन्टरनेट)


भनिन्छ इन्टरनेटको जवाना हो 

जता गए पनि अवसरै अवसर छ 

तर खै त सबैमा पुगेको अवसर 

खै कस्ताे यो आशा जती इन्टरनेट सेवा 

बढे पनि हात बाट खोसिने अवसर 

र मन बाट मर्ने आशा ............ ।


केही नयाँ अवसर आउँछ कि 

भनि दिनरात इन्टरनेटमा गई 

सूचना, खोजी खोजी हेर्दाको समय 

कसैले कतै बाट साथ दिन्छ कि,

केही गर्नै अवसर पाउँछु कि भन्ने 

हरेक सेकेण्ड मनले पर्खेने आशा .......।


खै साँचो लागेन मलाई एउटा कुनामा 

बसी सारा संसार हेर्न सकिन्छ भनि 

प्रयाेग गर्न मात्र सिक तिम्रो अवसर 

दैलामै आउँछ भनि ..................।


खै अब त साच्चै साँचो लागेन मलाई 

इन्टरनेटमा सबै कुरा छ भनि 

बिना इन्टरनेट केहि गर्न सकिन्न भनी 

फुकिएका भाषण पनि अब त,

रातमा मैले देखेका सपना झै .......।


आफुले नि पढ्दा लेखे इन्टरनेट 

यस्तो उस्तो यो बिना जीवन अँध्यारो 

तर यथार्त, व्यवहारको पानामा थाहा 

पाए इन्टरनेटको साँचो कुरो ........।


खै कस्ताे बिरम्वणको कथा 

खै के भनु, हातमा साधन 

छ तर सूचना र जानकारी छैन 

मोबाइलमा इन्टरनेट जोडिएको 

छ गर्ने के थाहा छैन ........।

            

खै कस्ताे यो आशा,

खै कस्ताे यो आशा ।

             लेखेक: अस्मिता मिजार 

Comments

Post a Comment

Popular posts from this blog

How can you manage your time??

आमा कविता

सर्पको टोकाई बारे जानकारी र सावधान!