प्रश्न ❓ कविता

अध्यारो रातको प्रश्न ❓
Part 1

मनभरि प्रश्न छ ........।

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

बिहानीको पर्खाइ नगर्ने प्रश्न छ 

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

प्रश्न धेरै छन् उत्तर छ छैन थाहा छैन 

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

मनको प्रश्न गहिरो छ उत्तर आउँदैन 

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

रहस्यले भरिएको प्रश्न छ

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

प्रश्नले भरिएको मनले गन्तव्य देखेको छैन 

सोध्न कहाँ जाउ अँध्यारो रात छ 

सोच बिना प्रश्न बनेन 

समाधान बिना मन शान्त भएन 

सोध्न कहाँ जाउ अँध्यारो रात छ ...........।


" जति रात बढदै छ              

उति सोच्दै छु


त्यति प्रश्न जाग्दै छ 

जति समाधान खोज्दै छु । "


Part 2

           प्रश्न ❓❓❓

 मनभरि प्रश्न छ .............।

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

बिहानीको पर्खाइ नगर्ने प्रश्न छ 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

प्रश्न धेरै छन् उत्तर छ छैन थाहा छैन 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

मनको प्रश्न गहिरो छ उत्तर आउँदैन 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

रहस्यले भरिएको प्रश्न छ 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

प्रश्नले भरिएको मन गन्तव्य विहिन छ 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

प्रश्नले चिन्ता बढ्दै गयो 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन 

सोच बिना प्रश्न बनेन 

समाधान बिना मन शान्त भएन 

सोध्न कहाँ जाउ उत्तर भन्ने कोही छैन.......... ।


Comments

  1. अति राम्रो कविता !! राम्रो साहित्य सृजना ! अझै प्रगति गर्दै है छोरी !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

आमा कविता

How can you manage your time??

सर्पको टोकाई बारे जानकारी र सावधान!