याे भुगोल नै कस्तो ?


यो भूगोल नै कस्तो ?



                                                                                                                                                                                यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

लेक बेसी पहाड जतकातै यस्तो
पहाड भए पहिराे, तराई भए बाढी 
किन प्रकृतिको नियम यस्तो

यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

बाढी पहिराे हावाहुरी 
मानव जीवनमा आयौं 
किन डर बनी 

यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

बाढी, पहिराे, हावाहुरी 
आयौं, न दिन न रात भनी
दुखीको जीवनमा दुःख बनी

यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

ए, बाढी पहिराे हुरी 
आफ्नै चाल र आफ्नै तालमा आयौं किन ?
आफुले बिगारेको कुरा बनाउँदैनौ किन?

यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

दुखीको गास बास कपास 
लुट्न आउँछौं किन ?
दुःखमा दुःख थपि जान्छौं किन 

यो भूगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो 

जहाँ समस्या त्यहाँ समस्या बन्यौ किन?
सामाधान खोज्न लाग्दा फेरि आयौं किन?

याे भुगोल नै कस्तो 
प्रकृतिले बनाएको यस्तो ...........।

पहाडमा गएको पहिराे









लेखक: अस्मिता मिजार 

Comments

Popular posts from this blog

आमा कविता

How can you manage your time??

सर्पको टोकाई बारे जानकारी र सावधान!