तिम्रो बगैचा (कविता)
तिम्रो बगैचा
फुलै फूलको बगैचामा
आएको छू म
हरेक प्रजातिका फूलहरू संग
रमाएको छू म
सप्त रंगीन फूलहरू फुलेका
छन् तिम्रो मा
एउटा फूल मलाई पनि बनाइदेउ
फुलिदिन्छु तिम्रो काखमा
बर्षाको दुई थोपा पानी देऊ
मलाई
मलजल केहि पर्दैन आफ्नै माटोमा
हुर्कन्छु म
थोरै ठाउँ मात्र देऊ
बास्ना र धुनले भरि दिन्छु म
तिम्रो बगैचा
सुन्दर सुन्दर बनाइदिन्छु म
मेरा कुनै हाँगा नभाच्नु
मेरा कुनै फूल नटिप्नु
मेरा वरिपरि बार लगाई
मेराे रक्षा गर्नु
तिम्रो बगैचा
सुन्दर सुन्दर बनाइदिन्छु म
काडैकाँडा मा नी रमाई दिन्छु म
फुलै फूलमा नी हाँसी दिन्छु म
जति कष्ट परे पनि फुलि दिन्छु म
घाम पानी सही दिन्छु म
फुलै फूलमा फुल्ने सपना मेरो
फुलि दिन्छु म .............🌱🥀।
So good....my compliments to the author
ReplyDelete