सङ्घर्ष को बाटोमा (कविता)
सङ्घर्ष को बाटोमा
किन, सबैले म सफल हुँदा मात्र
म संग कुरा गर्छन्
मेराे सङ्घर्षमा साथ
न दिने किन सफलता मा
बधाई दिन्छन्
मलाई गाह्रो सारो
अफ्ठ्यारो पर्दा किन
मलाई चिन्दैनन् सफल हुँदा मात्र
किन ? यो मेरो मान्छे भन्छन्।
के आफ्नो मान्छे सफलतामा मात्र हुन्छ र
दुःखमा साथ दिने
हातेमालो गर्ने बन्न सकिँदैन र
आज भोलि दुःख र सङ्घर्ष को बाटो
हिंडेर होला , साथीभाइ र आफन्तले
पराई ठानेका छन्
चिन्न, बोल्न, भेट्न छोडेका छन्
त्यो त्यही समय थियो
जुन दिन म सफल भएको सुन्दा
मलाई साथ दिने त्यो
मेराे साथी त्यो मेरो आफन्त भन्थे
आज अफ्ठयारो परेको छ
म समस्यामा छु
मलाई गाह्रो भएको छ
म त्यही सफल साथी हु
आज फेरि सङ्घर्ष गर्दै छु
के म संग बोल्नु हुदैन र
के मेरो गाह्रो समयलाई
बुझ्न मिल्दैन र
अहिले मलाई साथी र आफन्त
भन्न मिल्दैन र
के म त्यति नराम्रो बाटो लागे र
के तिमी त्यति धेरै व्यस्त भयौ र
आज म संग बोल्न पनि , नाता
गाँस्न पनि तिमी लाई अफ्ठायो
लाग्न थाल्यो र
के समयले हामीलाई टाढा लायो र
के समयले हामी बिच दूरी बढायो र
के सपना लें हाम्रो सम्बन्ध नै बिगार्यो
र ...............
म उही पुरानो तिम्रो साथी
म उही पुरानो तिम्रो आफन्त........!!
Comments
Post a Comment