साथी ( कविता)
"साथी,,"
साथी, तिमीलाई म
कुन उपनाम देऊ
म निशब्द छू।
मसँग कुनै शब्द छैन
हृदय दुखेको छ
मेरा आँखा रसाएका छन्
हृदयको चोट व्यक्त गर्न
आज, मेरा ओठ र स्वर
सुकेको छ .........
मलाई अफ्ठ्यारो पर्दा
मलाई तिम्रो साथको खाँचो थियो
म एकलो एकान्तमा बसेर रुँदा
मलाई तिमी चाहिएको थियो
म भित्र भित्रै टुट्दा
मेरा आँसुका धारा नदी झैं बग्दा
संसारमा म मात्र छू भनी
आफैमा आफै हराउँदा
मैंले तिमीलाई खोजेको थिए
मैंले तिमीलाई सम्जेको थिए
तर ......तिमी आफ्नै संसारमा
थियौं ........... म एकलो थिए
सायद, तिमीलाई म कस्तो छू
र म को हुँ त्यो पनि याद आएन होला
तर, म पीडामा थिए
म रोइरहेको थिए
म छट्पटी रहेको थिए
तिमी ,साथी भएर पनि
म बाट धेरै टाढा थियौ
....... खै के भनु र म
अब त हरेस खाई सके
बिश्वास हटि सक्यो
मेराे मन टुटी सक्यो
तिमी आफ्नै संसारमा व्यस्त
तिमि आफ्नै संसारमा मस्त .......
म अन्धकारमा हराएर रहे
म गहिराईमा डुबि रहे
म आफैमा आफै हराइरहे
म त निद्रामा परेको छू
म त गहिरो निद्रामा सुतेको छू.........
Comments
Post a Comment