जिमेवारी को बोध


 जिम्मेवारीको बोध 


मायामा धोका खाएर भिजेको सिरानी 

र भविष्य सोचेर भिजेको सिरानीमा 

धेरै फरक छ नि साथी।


बाबाको अाम्दानी हेरेर 

सहर नपसेको म देखेर 

आफन्त भन्छन् 

"जाबो एउटी छोरी पढाउन नि सकेन है।"


तिमी जस्तो धनी परिवारमा 

हुर्केकी होइन नि म तर 

मेरो बाबाले कुनै कुराको 

कमी महसुस हुन दिनुभएन। 


Middle class family बाट हुँ म 

जहाँ गन्तव्य र कर्तव्य 

हरेक दिन बदलिन्छन्।


तिमी र म एउटै कहाँ छौँ र साथी 

तिम्रो भन्दा धेरै जिम्मेवारी छन् 

जुन कुरा गर्न मैले 

धेरै त्याग गर्नु छ।


मन्दिर नै पिछे ढोग्ने मेरी आमा 

अहिले मेरो सपना पूरा नभएको देख्दा 

मन्दिरको छेउछाउ पनि धाउँदिनन्।


भविष्य सोचेर रोएको 

म देखेर समाज भन्छ 

"छोरीको ताल गतिलो छैन।"


परिवारको लागि लडिरहेकी 

म देखेर आफन्त भन्छन् ,"यति दुःख किन गर्छेस् अर्काको घर जाने त हो।"

वर्तमान युग....


आमा बिरामी हुँदा 

अलिकति रगत दिन नसक्ने 

छोराले 

प्रेमिकाको लागि आफ्नो रगतको 

खोला बगाउँछ।

   

बाबाको थाकेको शरीर 

आमाको हराएको सपना

र भाइको आशावादी आँखा 

अनि भित्रभित्रै हारेको म। 😩


मन्दिर नै पिच्छे ढोग्ने मेरी आमा

अहिले म जिन्दगीमस हारेको देख्दा 

मन्दिरको छेउछाउ पनि धाउँदिनन्


लेखक: लक्ष्मी पराजुली 

Comments

Popular posts from this blog

आमा कविता

How can you manage your time??

सर्पको टोकाई बारे जानकारी र सावधान!