पर्खाइ ( कविता)
पर्खाइ .....!
तिमी हावा नै त हौं अब
पानी सरी बाफ बनी
उडी गयौ सात समुन्द्र पारी
म ओइली झरे झरेको
फूल जस्तै
बिना अर्थ बिना प्रश्न
म त के के बोलि रहे
के के बोलि रहे
म त हावा नै त भए
जता लाग्यो त्यतै गए
बिना सिति तिमिलाई पर्खि रहे
तिमि पिँजडाकी चरी
उडी गयौं मलाई छोडी
दायाँ बायाँ यताउति म
त हेरी रहे हेरी रहे
तिमि आउने पर्खाइको बाटो
म त कुरी रहे कुरी रहे
खुला आकाशमा तिमि
कता गयौं कता
म त तिमी लाइ नै खोजी रहे
म त पागल रहेछु
तिमी फर्की न आउने
चरी लाई पर्खि रहे
पर्खि रहे
पर्खाइमा नै छू
पर्खी नै
रही रहने छु...........🥺
Ekdam ramro xa ajha Pragati gardai gayesh
ReplyDelete