म युवा हुँ ( I am a youth) कविता
म युवा हुँ
म एक नव जवान युवा हुँ
म देश बनाउन चाहन्छु
म मा अथाह ज्ञान र प्रतिभा छ
म देखाउन चाहन्छु।
तर वर्तमान अवस्था दुःख लाग्दो छ।
मेराे प्रतिभा देखाउने सामाजिक
सञ्जाल बन्द छ।
म नाचन, गाउन,देखाउने
बजाउन र सिकाउन सक्छु
म प्रविधि को माध्यम बाट
देश दिकास गर्न सक्छु।
नेपाल लाई विश्व सामु र आफूलाई नेपाली
हुँ भनि चिनाउन सक्छु।
म मा जोस र जाँगर छ।
म आफ्नै भूमिमा लगानी गर्न सक्छु।
मैले नेपालमा हासिल गरेको
शिक्षा बाजो बारीमा लगानी गर्न चाहन्छु
मलाई अवसर र साथ दिने हो
भने म परदेश नगई स्वदेश मै बस्छु
आधुनिकता र प्रविधिमा हुर्किदै गरेको म
सोत्र र साधन अनि डिजिटल संसारलाई
नयाँ विश्व भनि पढेको म
तर यथार्थ अझैं पनि नेपाल उहि पुरानो युग
.........
म कर्णालीमा बस्छु
मलाई के थाहा
काठमाडौं र फेसबुक
आधुनिक प्रविधि आएपनि
म त बेग्लै संसारमा छु
मोटर गाडी, हवाइजहाज आएपनि
१० दिन हिडेर म
सदरमुकाम पुग्छ
जताकतै बाटो पुगेपनि
अग्लो पहाड़ अनि
भिरपाखा चढ्छु।
उही पुरानो जीवन सैली
डाँडा काँडा म त दिनकै
बाख्रा गोठालो गर्छु।
एकाएसौ शताब्दीको आधुनिक युगमा भएपनि
रेडियो सुन्न पनि डाँडा को टुप्पामा पुग्छु
बर्गर पिज्जा आएपनि
बिहान बेलुका गुन्द्रुक ढिँडो खान्छु
ओभनमा पकाउने बेला
अझै पनि म चुलोमा ढुङ्ग्रो फुक्छु
डिजिटल छापको बेलामा नी
म औँठा छाप लगाई राको छू
आकाशमा उड्ने सपना देखे पनि
म धर्तीमै अन्झन छु
फेसन र डिजाइनको जवाना छ
वर्षमा एक जोर नयाँ लुगा लगाउन मलाई गारो छ
हातमा स्मार्ट फोन वोक्ने
बेलामा अझैं पनि बाखा
गोठालो काे लौरो छ
भिडियो कल गर्ने बेलामा
म चिठी लेखी राको छू
चिठीको उत्तर आउने आशामा
६ महिना पर्खी राको छु
आर्मस्ट्रङ पुगेर आए चन्द्रमा
म अझ सम्म पुग्न सकिन
विद्यालयको ढोकामा
म त घडीको विपरीत
पो घुम्दै
छू की
म अझै पनि ढुङ्गे
युगमा पो छू की .................
Comments
Post a Comment