Posts

पर्खाइ ( कविता)

Image
पर्खाइ .....! तिमी हावा नै त हौं अब पानी सरी बाफ बनी  उडी गयौ सात समुन्द्र पारी  म ओइली झरे झरेको फूल जस्तै  बिना अर्थ बिना प्रश्न  म त के के बोलि रहे  के के बोलि रहे  म त हावा नै त भए  जता लाग्यो त्यतै गए  बिना सिति तिमिलाई पर्खि रहे  तिमि पिँजडाकी चरी  उडी गयौं मलाई छोडी  दायाँ बायाँ यताउति म   त हेरी रहे हेरी रहे  तिमि आउने पर्खाइको बाटो  म त कुरी रहे कुरी रहे  खुला आकाशमा तिमि  कता गयौं कता  म त तिमी लाइ नै खोजी रहे  म त पागल रहेछु  तिमी फर्की न आउने  चरी लाई पर्खि रहे  पर्खि रहे  पर्खाइमा नै छू  पर्खी नै  रही रहने छु...........🥺

जिमेवारी को बोध

Image
  जिम्मेवारीको बोध  मायामा धोका खाएर भिजेको सिरानी  र भविष्य सोचेर भिजेको सिरानीमा  धेरै फरक छ नि साथी। बाबाको अाम्दानी हेरेर  सहर नपसेको म देखेर  आफन्त भन्छन्  "जाबो एउटी छोरी पढाउन नि सकेन है।" तिमी जस्तो धनी परिवारमा  हुर्केकी होइन नि म तर  मेरो बाबाले कुनै कुराको  कमी महसुस हुन दिनुभएन।  Middle class family बाट हुँ म  जहाँ गन्तव्य र कर्तव्य  हरेक दिन बदलिन्छन्। तिमी र म एउटै कहाँ छौँ र साथी  तिम्रो भन्दा धेरै जिम्मेवारी छन्  जुन कुरा गर्न मैले  धेरै त्याग गर्नु छ। मन्दिर नै पिछे ढोग्ने मेरी आमा  अहिले मेरो सपना पूरा नभएको देख्दा  मन्दिरको छेउछाउ पनि धाउँदिनन्। भविष्य सोचेर रोएको  म देखेर समाज भन्छ  "छोरीको ताल गतिलो छैन।" परिवारको लागि लडिरहेकी  म देखेर आफन्त भन्छन् ,"यति दुःख किन गर्छेस् अर्काको घर जाने त हो।" वर्तमान युग.... आमा बिरामी हुँदा  अलिकति रगत दिन नसक्ने  छोराले  प्रेमिकाको लागि आफ्नो रगतको  खोला बगाउँछ।     बाबाको थाकेको शरीर  आमाको...

साथी ( कविता)

Image
 " साथी,," साथी, तिमीलाई म  कुन उपनाम देऊ  म निशब्द छू। मसँग कुनै शब्द छैन  हृदय दुखेको छ  मेरा आँखा रसाएका छन् हृदयको चोट व्यक्त गर्न  आज, मेरा ओठ र स्वर  सुकेको छ ......... मलाई अफ्ठ्यारो पर्दा  मलाई तिम्रो साथको खाँचो थियो म एकलो एकान्तमा बसेर रुँदा  मलाई तिमी चाहिएको थियो  म भित्र भित्रै टुट्दा  मेरा आँसुका धारा नदी झैं बग्दा  संसारमा म मात्र छू भनी आफैमा आफै हराउँदा  मैंले तिमीलाई खोजेको थिए  मैंले तिमीलाई सम्जेको थिए  तर ......तिमी आफ्नै संसारमा  थियौं ........... म एकलो थिए सायद, तिमीलाई म कस्तो छू  र म को हुँ त्यो पनि याद आएन होला  तर, म पीडामा थिए  म रोइरहेको थिए  म छट्पटी रहेको थिए  तिमी ,साथी भएर पनि  म बाट धेरै टाढा थियौ  ....... खै के भनु र म  अब त हरेस खाई सके  बिश्वास हटि सक्यो  मेराे मन टुटी सक्यो  तिमी आफ्नै संसारमा व्यस्त  तिमि आफ्नै संसारमा मस्त ....... म अन्धकारमा हराएर रहे  म गहिराईमा डुबि रहे  म आफैमा आफै हराइरहे...

सङ्घर्ष को बाटोमा (कविता)

Image
  सङ्घर्ष को बाटोमा किन, सबैले म सफल हुँदा मात्र  म संग कुरा गर्छन्  मेराे सङ्घर्षमा साथ  न दिने किन सफलता मा  बधाई दिन्छन्  मलाई गाह्रो सारो  अफ्ठ्यारो पर्दा किन मलाई चिन्दैनन् सफल हुँदा मात्र  किन ? यो मेरो मान्छे भन्छन्। के आफ्नो मान्छे सफलतामा मात्र हुन्छ र दुःखमा साथ दिने  हातेमालो गर्ने बन्न सकिँदैन र आज भोलि दुःख र सङ्घर्ष को बाटो  हिंडेर होला , साथीभाइ र आफन्तले  पराई ठानेका छन्  चिन्न, बोल्न, भेट्न छोडेका छन् त्यो त्यही समय थियो जुन दिन म सफल भएको सुन्दा मलाई साथ दिने त्यो  मेराे साथी त्यो मेरो आफन्त भन्थे  आज अफ्ठयारो परेको छ  म समस्यामा छु मलाई गाह्रो भएको छ म त्यही सफल साथी हु आज फेरि सङ्घर्ष गर्दै छु के म संग बोल्नु हुदैन र  के मेरो गाह्रो समयलाई  बुझ्न मिल्दैन र  अहिले मलाई साथी र आफन्त  भन्न मिल्दैन र के म त्यति नराम्रो बाटो लागे र के तिमी त्यति धेरै व्यस्त भयौ र आज म संग बोल्न पनि , नाता  गाँस्न पनि तिमी लाई अफ्ठायो  लाग्न थाल्यो र  के समयले हामीलाई टाढा लायो र ...

तिम्रो बगैचा (कविता)

Image
तिम्रो बगैचा  फुलै फूलको बगैचामा  आएको छू म  हरेक प्रजातिका फूलहरू संग  रमाएको छू म  सप्त रंगीन फूलहरू फुलेका  छन् तिम्रो मा एउटा फूल मलाई पनि बनाइदेउ  फुलिदिन्छु तिम्रो काखमा  बर्षाको दुई थोपा पानी देऊ मलाई  मलजल केहि पर्दैन आफ्नै माटोमा हुर्कन्छु म  थोरै ठाउँ मात्र देऊ बास्ना र धुनले भरि दिन्छु म तिम्रो बगैचा  सुन्दर सुन्दर बनाइदिन्छु म मेरा कुनै हाँगा नभाच्नु  मेरा कुनै फूल नटिप्नु मेरा वरिपरि बार लगाई  मेराे रक्षा गर्नु तिम्रो बगैचा  सुन्दर सुन्दर बनाइदिन्छु म काडैकाँडा मा नी रमाई दिन्छु म फुलै फूलमा नी हाँसी दिन्छु म  जति कष्ट परे पनि फुलि दिन्छु म घाम पानी सही दिन्छु म  फुलै फूलमा फुल्ने सपना मेरो  फुलि दिन्छु म .............🌱🥀।

राजस्वला ??

Image
रजस्वला !! एकदिन छोरिले कक्षा ८ पाठ्यक्रममा पढिराखेकी रहिछ जहाँ लेखिएको थियो .. रजस्वलामा छुन हुन्न भन्नू अन्धबिस्वास हो, नारी माथिको विभेद हो। वास्तवमा रजस्वला आफैंमा पवित्र हो , आदि इत्यादी .. मैले छोरिलाई प्रश्न गरें :  " छोरी कुनैपनि कुरा जब dead हुन्छ science अनुसार त्यसमा negative energy उत्पन्न हुन्छ कि positive ?? "  छोरिको उत्तर,  " जब कुनैपनि चिज मर्छ भने त्यो त decay हुन्छ , जसबाट खराब bacteria हरु निक्लन्छन " अनि मैले फेरि सोधें,  " छोरी तिमिले पढे अनुसार रजस्वलामा जिवित cell हरु समावेश हुन्छ कि dead ? "  छोरिको उत्तर,  " हामिले पढेको अनुसार त्यो त dead cell नै हो नि । केही मात्रामा live cell हरु पनि हुन्छन् तर त्यो काम नलाग्ने चिज नै हो नत्र काम लाग्ने भए त शरिरले राखिराख्थ्यो नि ।"  अनि फेरि मैले सोधें, " छोरी रजस्वला हुँदा जिउ थकित हुन्छ ? त्यतिखेर मान्छेसंग भिडमा बस्न मनपर्छ कि एकान्तमा ? "  छोरिको उत्तर ,  " त्यतिखेर शरिरको पीडा अनि थकाईले एक्लोपन नै मनपर्छ र आराम नै मनपर्छ । मलाई त लाग्छ स्कुल, कलेज र अफिसहरुले त्...

याे भुगोल नै कस्तो ?

Image
यो भूगोल नै कस्तो ?                                                                                                                                                                                 यो भूगोल नै कस्तो  प्रकृतिले बनाएको यस्तो  लेक बेसी पहाड जतकातै यस्तो पहाड भए पहिराे, तराई भए बाढी  किन प्रकृतिको नियम यस्तो यो भूगोल नै कस्तो  प्रकृतिले बनाएको यस्तो  बाढी पहिराे हावाहुरी  मानव जीवनमा आयौं  किन डर बनी             यो भूगोल नै कस्तो  प्रकृतिले बनाएको यस्तो  बाढी, पहिर...